शुक्रबार, बैशाख ०७, २०८१

बस दुर्घटनामा ३ जनाको मृत्यु, ३१ जना घाइते

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा आज बिहान  बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ  । ३१ जना घाइते भएका छन् ।

लालबन्दी नगपालिकाको  बगवानी जंगलमा बस दुर्घटना भएको हो । काठमाडौंबाट छुटेको बा ३ ख १३१८ नम्वरको रिजर्भ बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको मृत्यु भएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ ।

सामान्य घाइतेहरूको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ  ।