सोमबार, भदौ ०८, २०८३

पाँच वर्षमा आधा बालविवाह घटाउने कर्णाली प्रदेशको लक्ष्य

काठमाडौं । कर्णाली प्रदेश सरकारले अबको ५ वर्षमा बालविवाह आधाले घटाउने लक्ष लिएको छ ।

प्रदेश सरकार बनेको एक वर्षमा प्रदेशभित्र रहेका जिल्लामा बालविवाहको अवस्थाका विषयमा जिल्लागत तथ्याङ्क सङ्कलन गरी नीति तयार पारेको कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगतको सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताउनुभयो ।

२०६८ को जनगणना अनुसार कर्णाली प्रदेशमा ५२ प्रतिशत बालविवाह हुने गरेको छ ।