मङ्गलबार, बैशाख १५, २०८३

महिला आयोगमा शारीरिक र मानसिक यातनाका घटना धेरै

काठमाडौं । महिलामाथि शारीरिक र मानसिक यातनाका घटना बढि हुने गरेको पाइएको छ ।

राष्ट्रिय महिला आयोगमा आएका उजुरीमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका घटनाको उजुरी आएको र त्यसमा पनि शारीरिक र मानसिक यातनाका बढी आउने गरेको आयोगका सूचना अधिकारी ध्रुवराज क्षेत्रीले बताउनुभयो ।

यस आर्थिक वर्षको ८ महिनामा आयोगमा ९ सय १८ उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये आयोगले अध्ययन गरी सम्बन्धित विभिन्न निकायमा पठाउने गरेको छ ।