काठमाडौ । प्रदेश नम्बर १ सरकारले धार्मिक पर्यटनलाइ प्राथामिकतामा राखेर योजना बनाइरहेको बताएको छ ।
प्रदेश नम्बर १ मा रहेका पाथिभरा, हलेसी, बराहक्षेत्र लगाएत चर्चित धार्मिक क्षेत्रलाइ थप प्रवद्र्धन गर्ने गरि योजनाबद्ध तरिकाले काम गरिरहेको सरकारको भनाइ छ ।
प्रदेश नम्बर १ का उद्योग पर्यटन बन तथा वातावरण मन्त्री जगदिश कुसियतले धार्मिक स्थलहरुमा बिदेशी पर्यटकहरुलाई आकर्षित गर्नको लागि सडक, सञ्चार र होटल व्यवसायलाइ मजबुद बनाउने गरी काम भइरहेको बताउनुभयो ।
पर्यटन बृद्धिका लागि आवश्यक पुर्वाधारहरु निर्माणमा प्रदेश सरकारले निजि क्षेत्रसंग मिलेर काम गर्ने पनि उहाँले बताउनुभयो । दातृ क्षेत्र र निजि क्षेत्रलाइ पनि सहभागि बनाएर काम गर्नको लागि पहलकदमी सुरु गरिएको मन्त्री कुसियतले बताउनुभयो ।

