मङ्गलबार, बैशाख १५, २०८३

कल सेन्टरमा दैनिक ३ सय जिज्ञासा र गुनासो

काठमाडौ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा दैनिक ३ सय जिज्ञासा तथा गुनासो आउने गरेको मन्त्रालयले जनाएको छ ।

धेरैजसो खाडी मुलुकमा रोजगारीका लागि गएका व्यक्तिहरूबाट गुनासो आउने गरेको मन्त्रालयको भनाइ छ । आन्तरिक रोजगारी, सीपका कार्यक्रमबारे जानकारी लिनेको संख्या पनि उल्लेख्य रहेको मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले बताउनुभयो ।

वैदेशिक रोजगारीमा गएकामध्ये धेरैजसोले भनेको काम नपाएको, बसाईको व्यवस्था नभएको, खानाको व्यवस्था नभएको, थोरै तलब दिएको, म्यानपावरले ठगेको जस्ता गुनासो टिपाउने गरेको मन्त्रायले जनाएको छ ।

केही समय यता मन्त्रालयले वैदेशिक रोजगारीमा जानेहरुको गुनासो र जिज्ञासा सुन्न र समाधान गर्न कल सेन्टर सञ्चालन गरिरहेको छ ।