मङ्गलबार, बैशाख १५, २०८३

नागढुङ्गाबाट लागुऔषध सहित ३ जना पक्राउ

काठमाण्डौं। महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ।

प्रहरीले यही चैत २७ गते ०६ः०० बजे राजबिराजबाट काठमाडौ आउदै गरेको ना. ७ ख ५७८४ नम्बरको बसलाई काठमाण्डौ चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका–७ घर भई बस्ने बर्ष २५ को प्रमोद कुमार साह, जिल्ला सप्तरी बेल्ही चमेना–९ बस्ने बर्ष ४३ की गिता देबी र जिल्ला सुनसरी बर्जुताल–६ घरभई बस्ने बर्ष ३० की रन्भा देबी दासलाई पक्राउ गरेको छ।

निजहरूको साथबाट प्रहरीले अवैध लागुऔषध नुफिन, फेनारगन, डाईजापाम, डाईजाल्याप र लुफिजेफिक गरी जम्मा १८४० एम्पुल बरामद गरेको छ। निजहरूलाई लागुऔषध सहित पक्राउ गरीएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।