शुक्रबार, बैशाख ०७, २०८१

मेची–महाकाली विद्युतीय रेलमार्गः निजगढ–हेटौंडा–भरतपुर खण्डमा अर्को डिपिआर बनाइने

काठमाडौ । सरकारले भारतबाट दुई थान डेमो रेल (डिजेलबाट विद्युत् उत्पादन भएर सञ्चालन हुने) खरिद गर्ने तयारी गरिरहेको बेला मेची–महाकाली मार्गको केही खण्डमा पुनः डिपिआर तयार गरिने भएको छ ।

यसअघिको मेची–महाकाली विद्युतीय रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन अन्र्तगत निजगढ–हेटौंडा–भरतपुर खण्डमा विरोध आएपछि रेल विभागले पुनः अर्को डिपिआर बनाउने तयारी गरेको हो ।

विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारका अनुसार  निजगढ–हेटौंडा–भरतपुर खण्डमा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले वातावरणको मुद्दालाई लिएर विरोध भइरहेको छ । यही विरोधका कारण विभाग अर्को डिपिआरको तयारीमा जुटेको उनले जानकारी दिए ।