बुधबार, बैशाख १९, २०८१

३ नम्बर प्रदेशको कार्यविधि–२०७५ स्वीकृत,प्रेस रजिष्टार नियुक्त

हेटौडा । ३ नम्बर प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रबद्र्धनका लागि साना योजना कार्यक्रम अनुदान सम्बन्धी कार्यविधि–२०७५ स्वीकृत गरेको छ ।

बैठकले मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यन्वयन सम्बन्धी कार्यबिधि–२०७५ स्वीकृत गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

गत बारा र पर्सामा आएको हावाहुरीका कारण पिडीत परिवारको आवास निर्माणका लागि प्रदेश २ का सरकारलाई रकम पठाउने निर्णय गरेको हो । यसअघिको मन्त्रिपरिषद बैठकले हावाहुरी पिडितलाई एक करोड दिने निर्णय गरिसकेको थियो । बैठकबाट नेपाल भ्रमण बर्ष २०२० प्रबद्र्धन सम्बन्धी प्रदेश स्तरीय कार्यबिधि पनि स्वीकृत गरेको ढुंगेलले जानकारी दिए । उनले जलचर संरक्षण सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक पनि बैठकले स्वीकृत गरेको जानकारी दिए ।

बैठकले प्रेस रजिष्टारमा रेवती सापकोटा नियुक्त गरेको छ । प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको बैठकले आन्तरिक मामिला तथा योजना मन्त्रालय अन्तरगत रहने गरी नियुक्त गरेको हो । सिन्धुपाल्चोक चौताराका स्थायी बासिन्दा सापकोटा २० बर्षदेखि पत्रकारिता पेशामा आवद्ध रहेका छन् । स्नातकोत्तर तह अध्ययन गरेका सापकोटा विभिन्न संचार माध्यममा आवद्ध रहेका छन् ।