सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–४,सासापुर तीनघरेमा पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
स्थानीय नागेन्द्र चौधरीले सञ्चालन गरेको इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर सोही ठाउँका ६ वर्षीयासमार खातुन र ९ वर्षीया जस्मिन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो दिउँसोदेखि बेपत्ता बालिकाहरु गएराती अबेर इँटा उद्योगमा माटो निकाल्न खनेको खाल्डोमा जमेको पानीमा मृत फेला परेका हुन् ।
उद्योगमा काम गर्ने मजदुरले खाल्डोमा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुवै मृतकको शव जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम गरी आज बिहान आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

