काठमाडौ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ का लागि करिव ५ अर्ब रुपैयाँ आवश्यक पर्ने बताएको छ ।
आज संसदको अर्थ समितिमा विभागका महानिर्देशक सुमनराज अर्यालले जनगणनाका लागि चालु आर्थिक वर्षदेखि नै तयारी गर्नेपर्ने र २०७८ मा जनगणना सकिँदासम्म ४ अर्ब खर्च ८६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो ।
यसको प्रस्ताव विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ । देश संघीय संरचनामा गएकाले प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरी काम गर्ने योजना बनाइएको उहाँको भनाइ छ ।
महानिर्देशक अर्यालका अनुसार विभागले राष्ट्रिय जनगणना २०७८ का लागि ५० हजार कर्मचारी आवश्यक रहेको अनुमान गरेको छ ।

