शुक्रबार, बैशाख ०७, २०८१

सशस्त्रका ५४ इन्सपेक्टर डिएसपीमा बढुवा, एक नम्बरमा दीपक खनाल

काठमाडौं । सशस्त्र प्रहरी बलका ५४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपीमा बढुवा)का लागि सिफारिस भएका छन ।

सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिको मंगलबार वसेको वैठकले ५४ जनालाई डिएसपी बढुवा सिफारीस गरेको हो । बढुवा सिफारिसको एक नम्बरमा दीपक खनाल रहेका छन । त्यस्तै दुइ नम्बरमा वीरभद्र नाथ रहेका छन ।
एक नम्बरमा सिफारिस भएका खनाल धादिङ नेत्रवती गाउँपालिका ५ कटुंजेका आफ्नो पेशाप्रति सदा बफदार अधिकारी हुन ।