यसरी चोरी भयो महोत्तरीमा ११ लाख बराबरको धनमाल

महोत्तरी । पछिल्लो समयमा चोरीका घटनाहरु दिनानुदिन बढ्दै गएका छन्। आफ्नो लापरबाहीका कारण र चोरहरुको दादागिरीका कारण चोरीका घटना बढ्दै गएका छन्।

आफ्नो सामानको सुरक्षा आफैं गरौं, चोरी डकैतीबारे कसरी बच्ने भन्ने बारेमा
प्रहरीले जनचेतना पनि टोल टोलमा फैलाउँदै आएको छ। त्यस्ता खाले जनचेतनालाई पनि बेवास्ता गर्दै जाँदा चोरीका घटनाहरु बढेको प्रहरी प्रसासनले अनुमान लगाउँदै आएको छ।

त्यसै मध्येको एक घटना फेरि महोत्तरीमा पनि घटेको छ। भंगाहा नगरपालिका ७ गोरन्हा बस्ने जितेन्द्र साहको श्री हनुमान ज्वेलर्सबाट नगद १ लाख रुपैयाँ, करिब १० तोला सुनका विभिन्न गहना र करिब ७ केजी चाँदीका विभिन्न गहना समेत गरी करिब ११ लाख रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ।

फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: