शुक्रबार, बैशाख ०७, २०८१

राप्रपाद्वारा चरणबद्ध आन्दोलन गर्ने घोषणा,बैशाख ८ गते सत्याग्रह

काठमाडौं। राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको आकस्मिक बैठक आज अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ।

बैठकमा नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुर्नस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह, भ्रष्टाचार अन्त्य, बेरोजगारी समस्याको समाधान, मूल्यबृद्धि नियन्त्रण लगायतका २२ बुँदे माग पुरा गराउन दबाब दिने उदेश्यले सञ्चालन गरिरहेको पहिलो चरणको जनसंघर्ष कार्यक्रमको समिक्षा गर्दै आगामी कार्यक्रमहरुमा थप र संशोधन गरेको विज्ञप्तिमा जनाएको छ।

यसै चैत २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टा धर्ना र प्रदर्शन गर्ने, बैशाख ४ र ५ गते पार्टीद्धारा नेपाल सरकार समक्ष प्रस्तुत २२ बुँदे मागका सम्बन्धमा घरदैलो गर्ने, बैशाख ६ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्ष अंकित व्यानर÷प्लेकार्ड जलाउने र प्रदर्शन गर्ने विज्ञप्तिमा जनाएको छ।

बैशाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रह गर्ने घोषणा गरेको विज्ञप्ति मार्फत जनाएको छ।