बुधबार, बैशाख १६, २०८३

लहानमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा तीन जनाको मृत्यु

सिरहा । सिरहा जिल्लाको लहानमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ ।

मंगलबार ना ३ ख ७७७४ नम्बरको ट्रकले विपरति दिशाबाट आईरहेको स ९ प ७३७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार तीनै जनाको घटनास्थलमै मुत्यु भएको हो ।

मृत्यु हुनेमा लहान नगरपालिका–४ का २६ वर्षीय कृष्णा सहनी, शिव कुमार सहनी र २५ वर्षीय मनोज मण्डल रहेका ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रहरीका अनुसार शव पोष्टमार्डमको लागी लहानस्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा राखिएको छ । ठक्कर दिएको गाडी र गाडी चालक सिन्धुपाल्चोक जिल्ला बारबिसे नगरपालिका–७ का २९ बर्षीय ध्रुव देउजालाई ईलाका प्रहरी कार्यालय धनगढीको नियंत्रणमा राखिएको छ ।