शनिबार, बैशाख ०८, २०८१

अमेरिकाद्धारा आईआरजीसीलाई आतंककारी संगठन घोषणा

न्युयोर्क। अमेरिकाले इरानी सेनाको रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी)लाई आतंककारी संगठन घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो । अमेरिकाले कुनै पनि देशको सेनालाई आतंककारी संगठन घोषणा गरेको पहिलो पटक हो ।

अमेरिकाले आईआरजीसी र ऊ सँग सम्बन्ध भएको संस्थालाई आतंकवादको समर्थन गर्ने र मानवअधिकारको उल्लंघनको आरोप लगाउँदै आएको थियो । राष्ट्रपति ट्रम्पले विज्ञप्ति जारी गर्दै यसलाई ठूलो निर्णय भएको बताउनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

राष्ट्रपति ट्रम्पले आईआरजीसीसँग सम्बन्ध राख्नेहरुले आतंकवादको समर्थन गरेको ठहरिने चेतावनीसमेत दिनुभएको छ ।