काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापालाई प्रहरीले गिरफ्तार गरेको छ । हिन्दु राष्ट्रको माग राख्दै काठमाडौंमा प्रदर्शन गर्ने क्रममा प्रहरीले अध्यक्ष थापालाई गिरफ्तार गरेको हो । प्रहरीले राप्रपाको विरोध प्रदर्शनमा पनि हस्तक्षेप गरेको छ ।
राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेर राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले कास्किमा पनि राप्रपा नेता तथा कार्यकर्तामाथि धरपकड गरेको छ । शान्तिपुर्ण आन्दोलनको क्रममा कास्किमा नेता कार्यकर्ताहरुमाथि प्रहरीले धरपकड गरेको राप्रपाले जनाएको छ ।

