काठमाडौ । प्रदेश नम्बर २ सरकारले विनाशकारी हुरीमा परी मृत्यु भएकाहरुको सम्झनामा चैत ३० गते शोक मनाउने घोषणा गरेको छ ।
राष्ट्रिय शोक घोषणा गर्न गरेको आग्रहलाई संघीय सरकारले अस्वीकार गरेपछि प्रदेश सरकार आफैंले निर्णय लिएको हो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरुको १३ औं दिनको पुण्य तिथिमा चैत ३० गते शोक मनाउने निर्णय गरेको छ ।
त्यसदिन बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौन धारण गर्न प्रदेश सरकारले आह्वान गरेको छ । बैठकले मृतक परिवारलाई किरिया खर्च वापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

