बुधबार, बैशाख १६, २०८३

राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक आज बस्दै

काठमाडौ । महाधिवेशनको तयारीबारे छलफल गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे पार्टी कार्यालय बबरमहलमा बस्ने बैठकमा सदस्यतासम्बन्धी जिल्लाबाट आएका प्रतिवेदन अध्ययन गर्ने र महाधिवेशन तयारी गर्न विभिन्न समिति गठन गर्ने एजेन्डा रहेको अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले जानकारी दिए ।

राजपाले आगामी ७–९ वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । जिल्ला–जिल्लाबाट आएका सदस्यतासम्बन्धी प्रतिवेदन कहाँ कस्ता छन् भन्ने विषयमा अध्ययन गर्न र महाधिवेशनको तयारी गर्न विभिन्न समिति बनाइने राजापाले जनाएको छ ।