काठमाडौ । आँधीबेहुरीका कारण प्रभावित बारा र पर्साका गाउँमा पीडितहरुलाई राहत वितरणमा एकरुपमा समस्या भएको छ ।
राहत वितरणमा एकरुपता नहुँला समस्या भएको पीडितहरु गुनासो गरेका हुन् । आँधीहुरी आएको एक हप्ता बित्नै लाग्दा सडक वरपरका नागरिकले राहत सामग्री दोहो¥याएर पाएपनि विन, बैठा, बरई लगायतमा राहत नपाएको स्थानीयको गुनासो छ ।
स्थानीय प्रशासनले एकद्वारा प्रणालीबाट राहत वितरणको निर्णय गरेको पाँच दिन बित्दा पनि स्थानीय जनप्रतिनिधि निर्णय लागु गर्न नसकेका सांसद् प्रमोद साहले बताउनुभयो ।
कसैले राहत पाइरहने र कसैले कति पनि नपाउने अवस्थाको सन्तुलन नहुँदै, बारा, पर्सा लगायत क्षेत्रको मौसम केही दिनदेखि खराब छ । खराब मौसमबीच राहतको अपेक्षा गर्न नछोडे पनि ठूलो हुरीबतास आइहालेछ भने ज्यान कसरी जोगाउने भन्ने चिन्ता आँधीहुरी प्रभावित नागरिकमा थपिएको छ ।

