बुधबार, बैशाख १६, २०८३

मुलुकभर आज मौसम सामान्य बदली रहने, सजग रहन आग्रह

काठमाडौ। आज देशभरको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।

मुलुकको पूर्वी, मध्य र पश्चिमी भू–भागका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ । हिमाली भेगका केही स्थानहरुमा भने मध्यम हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो  ।

महाशाखाका अनुसार रातिको समयमा मुलुकको मध्य र पूर्वी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने बताईएको छ ।

पश्चिमी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथै हल्का वर्षाको सम्भावना रहेको छ । तराईका जिल्लाका केही स्थानहरुमा हुरि बतास चल्ने सम्भावना भएकाले सजग रहन महाशाखाले आग्रह गरेको छ ।