बुधबार, बैशाख १६, २०८३

हुरी प्रभावितलाइ प्रदेश ५ का प्रदेशसभा सदस्यहरुको एक दिनको पारिश्रमिक

काठमाडौ । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले प्रदेश बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

प्रदेश सभाको आज बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन आएको हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिक बरारबको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रदेश सभा सदस्यको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ रहेको छ । जस अनुसार एक जना सांसदको सहयोग १५ सय रुपैयाँ हुन्छ ।  प्रदेश ५ मा ८७ जना प्रदेश सभा सदस्य छन् । यसअघि प्रदेश ५ सरकारले बारा र पर्साका आँधी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।