शुक्रबार, बैशाख ०७, २०८१

धामीले आफैले भत्काए छाउगोठ

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–९ जुवापानीमा धामी आफैले नै छाउगोठ भत्काएका छन् ।  स्थानीय धामी रुप बहादुर सिंहले आफैले छाउपडी गोठ भत्काउनु भएको हो ।

हिजो वडा कार्यालय,वडा स्तरिय महिला सञ्जाल र जिल्ला प्रशासन कार्यालय बाजुराको संयुतm टोलीमा सहभागिता जनाउँदै छाउ कुप्रथाका बिरुद्ध उहाँले छाउगोठ भत्काउनु भएको हो ।

छाउ कुप्रथा भएको र  समाजलाई परिवर्तन गर्ने नदिने  अन्धविश्वास मात्र भएकाले छाउपडी गोठ भत्काउन आफैबाट सुरुवात गरेको उहाँको भनाई छ ।

बाजुरामा हिजो मात्रै विभिन्न सरोकारवाला निकायको सहभागितामा २० वटा भन्दा बढी छाउगोठ भत्काईएको जिल्ला प्रशासन कार्यलय बाजुराले जानकारी दिएको छ ।