सर्लाही । सर्लाहीमा हिजो अपरान्ह आएको हावाहुरीले पसलको छानो उडाएर थिच्दा एक जना व्यक्तिको मृत्यु भएको छ ।
जिल्लार्कोे रामनगर गाउँपालिका वडा नम्बर एकका राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो उडाउँदा सोही ठाउँका ४५ वर्षका पनिलाल सहनीको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।
छानोले थिच्दा गम्भीर घाईते हुनुएका सहनीलाई उपचारका लागि लादै गर्दा बाटैमा मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा लगिएको छ । हावाहुरीले फुस, टाली र खपडाले छाएका घरहरुमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।

