शुक्रबार, बैशाख ०७, २०८१

बाग्लुङ समाज जापानले नयाँ बर्षको शुभकामना तथा साँस्कृतिक कार्यक्रम

टोकियो । बाग्लुङ समाज जापानले बिबिध मनोरञ्जनात्मकसहित नेपाली नयाँ बर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
बाग्लुङ जिल्लाको पहिचान बोकेको चैंते दशैँ तथा नयाँ बर्षको अवसरमा टोकियोमा सो कार्यक्रम हुनेभएको हो ।

बाग्लुङ समाज जापानको आयोजनामा नेपालबाट आउनु भएकी अतिथि गायिका रितु थापा मगर,परदेशी गायक सूर्य खड़का,गायक रामकृष्ण बम मल्लले मनोरञ्जन गराउनेछिन ।
मनोरञ्जन कार्यक्रम तथा नेपाली नयाँ बर्ष २०७६ को शुभकामना आदान प्रदानसहितको कार्यक्रमको तयारी थालिएको सचिब राजु केसीले जानकारी दिनुभयो ।
अप्रिल १३ तारिख दिनको २ बजेबाट शिनओकुबोस्थित टोकियो रोधी घरमा कार्यक्रम रहेकोले जापानवासी नेपालीहरुलाई उपस्थितिका लागि समेत गर्नुभएको छ ।

चैंते दशैँ पर्वले बाग्लुङ जिल्लाको ऐतिहासिक महत्वलाई बोकेकोले हामीले यो बर्षबाट प्रवास जापानमा पनि चैंते दशैँ पर्वलाई मनाउन सुरुवाती गरिएको अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनुभयो ।
चैते दशैँ पर्वको अवसरमा बाग्लुङमा मेला हेर्न र बाग्लुङ कालिका भगवती मन्दिरको दर्शन गर्नको लागि देशभरीबाट भक्तजनहरु जाने गर्दछन् ।

छोटो समयमा कार्यक्रम गर्न लागिएकोले सफल बनाउन सबै जापानबासी नेपालीहरुमा उपस्थितिको लागी समाजले अनुरोध गरेको छ ।