Nepali date


बुधबार, बैशाख ११, २०७६

बाढीमा परी इरानमा ७० जनाको मृत्यु, १ हजार ९ सय शहर तथा गाउँ प्रभावित

इरान । इरानमा एक सातादेखि जारी भारी वर्षासँगै आएको बाढीमा परी ७० जनाको मृत्यु भएको छ । बाढीका कारण १ हजार ९ सय शहर तथा गाउँ प्रभावित भएका छन् ।

जसका कारण सडक, पुल भवनहरुमा समेत क्षति पुगेको छ । इरानमा  अझै केही दिन भारी वर्षा हुने पूर्वानुमान पछि महिला तथा बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर उद्धार गरिएको छ । इरानका अधिकांश स्थानमा आएको भारी वर्षापछि हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।

अहिलेसम्म ८६ हजारलाई स्थानान्तरण गरिएको र भारी वर्षाबाट प्रभावित अन्यलाई पनि सार्न लागिएको प्रशासनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सुसानगर्ड र कुजेख्स्तान क्षेत्रबाट मात्रै ५० हजारलाई आजै उद्धार गरिने इरानको विपद व्यवस्थापन समितिले उल्लेख गरेको छ । इरानमा डुबानमा परेका ७० गाउँका स्थानीयलाई यसअघि नै उद्धार गरिएको छ ।

 

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया