बुधबार, बैशाख १६, २०८३

हावाहुरी पिडितलाई कर्णाली प्रदेशको एक करोड सहयोग

सल्यान । प्रदेश नम्बर २ को बारा र पर्साका हावाहुरी प्रभावितलाई कर्णाली प्रदेश सरकारले १ करोड रुपैँया सहयोग गर्ने भएको छ ।

आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हावाहुरी प्रभावितका लागि राहत स्वरुप मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरि कर्णाली प्रदेश सरकारको तर्फवाट एक करोड उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै बैठकले हाल ५० शैयाको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्यास सहितको तीनसय शैयाको (रेफरल) अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय पनि गरेको छ ।