कपिलवस्तु । गएको फागुन १० गते राती हत्या गरिएको कपिलवस्तुको वाणगंगा नगरपालिकाका अनिता पौडेलको हत्यामा संम्लग्न व्यक्तिलाई प्रहरीले सार्वजानिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले हिजो पत्रकार सम्मेलन गरी हत्या गर्ने अभियुक्त र मूख्य योजनाकारलाई सार्वजानिक गरेको हो । मृतक पौडेलको हत्या रुपन्देहीको चरङगे घर बताउने गुनाखर अधिकारी र उनीसंगै अर्को एक व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
हत्याको बारेमा अनुसन्धान गर्दै जाँदा भारतबाट अधिकारीलाई प्रहरीले प्रकाउ गरेको थियो । कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युत्तम प्रसाद पुडासैनीका अनुसार पौडेलको हत्याको मुख्य योजनाकारको रुपमा अनिता पौडेलकै नातेदार अर्घाखाँचीका भिनाजु हरि गौतम र श्रीमान बाबुराम पौडेल(बिष्णु) रहेको बताईएको छ ।

