काठमाडौ । मौसम विभागले आगामी ३ तीनदिनसम्म मौसम बदली भई देशैभर पानी पर्ने जनाएको छ । मौसम विद् विभुति पोखरेलले मातृसन्देश डट कमसँग कुराकानी गर्दै आजदेखि सोमबार सम्म देशभर मौसम बदली भई पानी पर्ने बताउनुभयो ।
प्रि मनसुन सुरु भएका कारण अहिले काठमाडौं उपत्यका सहित मध्ये र पश्चिम क्षेत्रमा पानी पर्ने र विस्तारै पूर्वतिर सर्दै जाने उहाँले जानकारी दिनुभयो ।
हिजो भन्दा आज देशका अधिकांश क्षेत्रमा पानी पर्ने सम्भावना रहेपनि दिउँसो भने मौसम सफा हुने उहाँको भनाई छ । देशका विभिन्न स्थानमा हावाहुरी लाग्ने भएकाले सबैलाई सचेत र सुरक्षित स्थानमा जान विभागले आग्रह गरेको छ ।

