बुधबार, बैशाख १६, २०८३

अरुणखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

नवलपरासी पुर्व । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको अखरुणोला जंगल क्षेत्रमा गएराति सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

मध्यबिन्दु नगरपालीका १० अरुणखोला र दुम्किबासको बिच जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा ना ८ ख १८४५ नम्बरको ट्रक र बिपरित दिशा बाट जादै गरेको लु ४१ प १७२७ नम्बरको स्कुटी एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनाबाट स्कुटीमा सवार देवचुली नगरपालिका सिर्जनाचोक रजहर बस्ने २२ वर्षका टिकाराम महतोको मृत्यु भएको हो । दुर्घटनामा परि स्कुटर पछाडि वस्ने बस्ने रजहरकै २१ वर्षका भरत गुरौ गम्घिर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।