Nepali date


आइतवार, साउन ५, २०७६

आइपिएलमा दिल्लि पराजित

काठमाडौ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टोली दिल्ली क्यापिटल्स पराजित भएको छ ।

गए राति भएको खेलमा दिल्लीलाई सनराइजर्स हैदरावादले ५ विकेटले हराएको हो । फिरोज कोट्ला रंगशालामा घरेलु टोली दिल्लीले दिएको १३० रनको सामान्य लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा र्गयो । दिल्लीका लागि सन्दीप लामिछानेले एक विकेट लिनुभयो । जारी आइपीएल क्रिकेटमा सन्दीपको यो तेस्रो खेल थियो ।

यसअघि, टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १२९ रनमात्रै बनाएको थियो । जितसँगै हैदरावाद चार खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  दिल्लीको भने यो तेस्रो हार हो । पाँच खेलमा दुई जित निकाल्दै ४ अंक जोडेको दिल्ली पाँचौं स्थानमा छ । आईपिएलमा आज रोयर च्यालेन्र्जस् र बैंगलोर कोलकत्ता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुदै छ ।

 

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया