हुरी पिडितलाइ दिइने राहत वितरण अव्यवस्थित

काठमाडौ । बारा र पर्साका हावा हुरी पिडितहरुको लागि राहत वितरणको क्रम बढेपनि राहत वितरण कार्य अव्यवस्थित भएको गूनासो बढेको छ ।

पहुचवालाहरुले मात्रै राहत पाएको पिडितहरुले गूनासो गरेका छन् । हुरीले मानविय तथा भौतिक क्षति पु¥याएको ५ दिन बितेपनि कतिपय स्थानमा राहत सामाग्री लिएर कोही पनि पुगेका छैनन् भने कतै अव्यवस्थित तरिकाले राहत सामाग्री वितरण भइरहेको छ ।

फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसादले राहत वितरणलाई एकद्धार प्रणालीबाट व्यवस्थित गर्न खोजिएपनि नसकिएको स्वीकार गर्नुभयो । उहाँका अनुसार सडक छेउछाउ आसपासका नागरिकले राहत सामाग्री धेरै पाएका छन् तर भित्री गाउँमा राहत सामाग्री कम भएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: