काठमाडौं । थुलुङ राई भाषाको पाठ्यक्रम निर्माण तथा प्रकाशनका लागि सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाउँपालिकाले १० लाख रुपैयाँ दिने भएको छ ।
गाउँपालिकाले उपलब्ध गराएको पैसाले थुलुङ भाषाको कक्षा २ को पाठ्यसामग्री ‘हालाम–न’ निर्माण तथा प्रकाशन गरिने भएको छ ।
गाउँपालिकाको कार्यालय मुक्लीमा बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले थुलुङ भाषाको विकासका लागि बजेट दिने निर्णय गरेको हो ।
थुलुङ राई भाषा पाठ्यक्रम विकास समितिले कक्षा १ को पाठ्यक्रम पाठ्यपुस्तक यसअघि नै तयार पारिसकेको छ । उक्त पुस्तक खोटाङ, सोलुखुम्बु लगायत थुलुङ राई बाहुल्य क्षेत्रको २७ वटा सामुदायिक विद्यालयमा गत शैक्षिकसत्रदेखि नै लागू भएको थियो ।

