शनिबार, बैशाख ०८, २०८१

बैतडीमा खाने पानीको अभाव, दुषित पानी पिउनु पर्ने बाध्यता

बैतडी । बैतडीका विभिन्न ठाउँहरुमा खानेपानिको चरम समस्या भएको छ । पाटन नगरपालिकाको खोडपे बजार र  सुनर्या गाउँपालिका वडा नम्बर ७ को झाडबौमा खाने पानीको चरम समस्या भएको हो ।

पाटन नगरपालिकाको वडा नम्बर ८ मा १६ दिनदेखि खाने पानीको हुँदा स्थानीय सुनर्या नदिको धमिलो पानी पिउन बाध्य छन् । पाटन नगरपालिकाकै तल्लो खोडपे खोलास्थित खानेपानी योजनामा लामो समय देखि समस्या आउँदा तिन खोडपे बजारमा पनि पानीको अभाव भएको छ । पर्याप्त पानी नहुँदा सार्वजनिक शौचालय प्रयोग विहिन बनेको स्थानीयले बताएका छन् ।

मोटरमा आएको खराबीका कारण पम्पिङ गरेर ल्याईएको पानी अवरुद्ध भएको छ । पानी अवरुद्ध भएपछि दुषित पानीको प्रयोग बढेको र रोग निम्तिने खतरा बढेका सिद्धेश्वर स्वास्थ्य चौकी खोडपेका इन्चार्ज लक्ष्मी भट्टले बताउनुभयो  ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाको सरसफाईमा पनि पानी नभएकै कारण समस्या भएको भट्टको भनाई छ । यस्तै सुर्नया गाउँपालिका वडा नम्बर ७ झाडबौमा पनि तीन देखि खानेपानी आपूर्ति रोकिएको छ ।