मङ्गलबार, बैशाख ०४, २०८१

वाग्लुङको जैमिनी ८ छिस्तीमा बाँदर आतंक

पर्वत । वाग्लुङको जैमिनी नगरपालिका ८ छिस्तीमा वाँदरले सबै कृषिबाली नष्ट गरेको छ । किसानहरुले लगाएको केराउ, गहुँ र उम्रिन लागेको मकैे गुना कल्मुखे र राता वाँदरको सखाप पारेको छ ।

नियन्त्रणका लागि कृषकहरुले वडा कार्यलयमा अनुरोध गरेका छन् । स्थानीय कृषक महेश शर्माले खेतबारीमा लगाएको बालीमा मात्र हैन घरघरमा समेत छिरेर सताउने गरेको दुःखेसो गर्नुभयो । छिस्तीको फुर्केसल्ला, चिलाउनेखर्क, ढाव, रिठावट, कउँदी, भडिकुवा, नेपाने लगायतका ठाउँमा पनि वाँदरले दुःख दिएको किसानहरुले बताएका छन् ।

नियन्त्रणको लागि वडामा पटकपटक खबर गर्दा समेत वास्ता नगरेकोले अन्यौलमा परेको किसानहरुले बताएका छन् । पर्वतको महाशिला गाउँपालिकामा भने वाँदरले आतंक मच्याउँदा गाउँपालिकाले नियन्त्रणका लागि वजेट विनियोजन गरेर नियन्त्रण गरिरहेको छ ।