Nepali date


बुधबार, भदौ ४, २०७६

ठेक्का लिएको २ हप्तामै बाणगंगा नदी रिताउने क्रम तिब्र

कपिलवस्तु । लामो समयदेखि नदीजन्य पदार्थ निकासी नहुँदा उपभोक्ताले महंगोमा चोरीका बस्तु प्रयोग गर्दै आएकोमा नदीजन्य पदार्थ निकासी सुचारु भएपनि उपभोक्ता ठगिने क्रम रोकिएको छैन ।

नगरपालिकाहरुले तोकेको न्यूनतम लागत भन्दा ४, ५ गुणाभन्दा बढी रकम राखेर ठेक्का लिएका ठेकेदारहरुले २ हप्ता नपुग्दै ठूलो परिमाण डम्पिङ गरेका छन्, भने नदीनालामा सिंगो ट्याक्टर नै पुरिने गरि गहिरा खाल्डा बनाएका छन् ।

दैनिक २ सय ट्याक्टरहरुले प्रति ट्याक्टर १० देखि १५ ट्रालीसम्म ढुवानी गरेर ठेक्का लिएको २ हप्तामै  कम्पनीले बाणगंगा नगरपालिकाले तोकेको परिमाण पूरा गरेको स्थानियको भनाई छ ।

बाणगंगामा नगरपालिकाले ८० लाख न्यूनतम मुल्य तोकेको नदीलाई दिपिका निर्माण सेवाले साढे ४ करोडमा ठेक्का लिएको छ । नगरपालिकाले ४ करोड राजश्व कमाउदा २० करोड खर्चेर नदिको तटबन्द बनाउने अवस्था आउने युवा संघका केन्द्रिय सदस्य गोपालमणी ज्ञवालीले बताउनुभयो ।

 

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया