Nepali date


मङ्लबार, असार ३, २०७६

तीनसय घरधुरी खानेपानीबाट वञ्चित

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– २, रोकायगाउँमा तीन सय घरपरिवार शुद्ध पानीबाट वञ्चित भएका छन ।

शुद्ध पानीको अभाव भएपछि उनीहरू दूषित पानी पिउन बाध्य छन् । दूषित पानी प्रयोगका कारण रोकायगाउँका करिब एक हजार व्यक्ति झाडापखाला, आउँ, जुका लगायत रोगको प्रकोपको जोखिममा पर्ने गरेका छन् ।

रोकायगाउँस्थित जनता आधारभूत विद्यालयका दुई सय विद्यार्थी पनि शुद्ध पिउने पानीबाट वञ्चित भएका छन । स्रोत तथा मुहान अभावमा बारेकोट २ को रोकायगाउँ, बिउरी, मुग्रेगाउँ, गैरागाउँ, अयर्ना, भुरारा, ढाडदारा, लिम्सा, बुढागाउँलगायत बासिन्दालाई खानेपानीको समस्या भएको हो ।

वर्षौंदेखि यहाँका बासिन्दा शुद्ध पिउने पानीको सुविधाबाट वञ्चित भएको वडाध्यक्ष कर्णे कामीले बताउनुभयो ।

 

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया