बिहिबार, बैशाख ०६, २०८१

हुम्ला ताजाकोटको वडा नम्बर चार जिल्लाकै पहिलो मदिरा निषेधित वडा घोषणा

बाजुरा । हुम्लाको ताजाकोट गाउँपालिकाको वडा नं ४ गोठेललाई जिल्लाकै पहिलो मदिरा तथा जुवा तास निषेधित वडा घोषणा गरिएको छ ।

गाउँमा दिनप्रतिदिन जाँड रक्सी र जुवातासले नराम्रो प्रभाव परेका, हिंसात्मक घटना घटेको भन्दै गाउँ कार्यपालिकाको चैत्र १९ गतेको बैठकले गाउँपालिकालाई मदिरा र जुवातास निषेधित क्षेत्र बनाउने निर्णय गरेको थियो ।

निर्णयपछि हिजो वडा नम्बर ४ ले  मदिरा र जुवातास निषेधित वडा घोषणा गरेको हो । गाउँपालिकाका अध्यक्ष बागदल मल्लले रक्सीको बोतल फुटाउदै जुस खाएर मदिरा निषेधित वडा घोषणा गर्नुभयो ।