काठमाडौ । प्रदेश २ सरकारले वारा र पर्सामा गएको हुरी प्रभावितहरुलाई चारकोठे घर बनाइदिने भएको छ ।
आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु सरकार बनाइदिने बताउनुभएको हो । आगामी चार महिनाभित्रै सबै घर बनाइसक्ने उहाँको दाबी छ ।
अहिले हुरी पीडितहरु कष्टकर जीवन जीउन बाध्य भएको भन्दै यसप्रति प्रदेश सरकार गम्भीर रहेको पनि उहाँले बताउनुभयो । त्रिपालमुनी रहेका पीडितहरुलाई गर्मीका कारण समस्या भइरहेको भन्दै उहाँले केहि दिनभित्रै टेन्टभित्र सारिने जानकारी गराउनुभयो ।

