काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवसायिक शिक्षामा प्राविधिक शिक्षा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ ।
आज राजधानीमा सुरू भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्षले प्रचण्डले यस्तो बताउनुभएको हो ।
उहाँले शिक्षा नीति सुधार हुनुपर्ने बताउँदै नेपालको वस्तुगत परिस्थितिअनुसार कृषिमा आधुनिकीकरण, कृषिको व्यवसायीकरण, कृषिको विविधीकरण गर्ने र कृषिमा आधारित उद्योग स्थापना गरेर उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्ने कुरामा केन्द्रित हुनसक्नेमा जोड दिनुभयो ।
अध्यक्ष प्रचण्डले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्ने बताउनुभयो ।

