Nepali date


शनिबार, कार्तिक २, २०७६

थपलिया र ओझा विरुद्ध उजुरी आह्वान

काठमाडौ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलिया र महिला आयोगको अध्यक्षमा सिफारिस विष्णुमाया ओझाविरुद्ध उजुरी आव्हान गरिएको छ ।

संसदीय सुनुवाई समितिको आज  बसेको बैठकले थपलिया र ओझाविरुद्ध उजुरी आह्वान गरेको हो । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुँदै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका हुन् ।

बहालवाला सचिवलाई नै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएको भन्दै नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया