Nepali date


आइतवार, साउन ५, २०७६

मौसम विभागले नै थाहा पाएन विपत्तिको खबर

काठमाडौ ।  बारा र पर्सा क्षेत्रमा आइतबार साँझ अत्यधिक वर्षा, चट्याङ र हावाहुरी एकैचोटी आयो। त्यसको जानकारी जल तथा मौसम विज्ञान विभाग र मौसम पूवार्नुमान महाशाखालाई थिएन।

पूर्वानुमान महाशाखाको ड्युटीमा खटिएका  मौसम पूर्वानुमान अधिकृत मिनकुमार अर्यालले पनि बारा, पर्साको विपत्ति अनुमान नै गरेनन्।  साँझ एक्कासि स्याटेलाइटले हावाको बेग पूर्वतिर फर्किएको देखायो।  ‘म हरेक दश मिनेटमा स्याटेलाइटले पठाएको तस्बिर हेर्दै थिएँ, अनि चट्याङ रेकर्ड गर्ने सिस्टम हरेक तीन–तीन मिनेटमा हेर्न थाले,” उनले भने, मौसमको सङ्केत चार्टको अध्ययन पनि साथसाथै गर्दै थिएँ।

तर यी सबैले मध्य तराईस्थित बारा र पर्सा क्षेत्रमा एक्कासि वर्षा, हुण्डरी र चट्याङ आउनसक्ने सम्भावना भने देखाउन सकेन।’  वर्षात्सँगैको हुरीले बारा र पर्सामा कतिपयको ज्यान लिइसकेको थियो। धेरै घाइते भइसकेका थिए। धेरै जनाको घरबास उडाइसकेको थियो। फोनबाट उताको वास्तविक खबर पाए पनि प्रविधिले दिने सूचनाबाट भने उनी आफै सो समयमा जानकार हुन सकेनन्।

नेपालमा हावा नै नचल्दा पनि ४० नटको हावाको वेग देखाउने स्याटेलाइटले साँझ त्यस्तै सङ्केत गरिरहेको थियो। यो भनेको अत्यधिक वेग हो। यस्तो त्यसै देखायो कि साँच्चिकै देखायो भन्ने अनुमान अर्याल लगायतका पूर्वानुमानकर्मीले गर्न सकेनन्। नेपालमा सामान्यतया १० देखि २० नटसम्मको हावाको वेग अनुमान गरिन्छ।

२० नटमा दश मिटर प्रतिसेकेण्ड वायुको वेग रहेको मानिन्छ भन्ने खबर गोरखापत्र दैनिकमा छ। आइतबार साँझ आएको हावाहुरीसहितको प्राकृतिक विपत्तिको जानकारी यकिन नहुँदा पूर्वतयारी गर्न कसैले सकेनन्।

 

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया