हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटममा २ दिन देखि मोबाइल, ल्याण्डलाइन इन्टरनेट सेवा नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
सञ्चार सेवामा जिल्लाकै प्रमुख माध्यमको रुपमा रहेको नेपाल टेलिकमको सम्पूर्ण सेवाहरू शनिबार विहान ८ बजेबाट अबरुद्ध भएपछि सेवाग्राहीलाई समस्या भएको हो ।नेपाल टेलिकमबाट प्रवाह हुने एडिएसएल सेवा अवरोध हुँदा सरकारी कार्यालयहरुको काममा समेत प्रभाव परेको छ ।
हुम्लाको सदरमुका सिमकोटमा रहेको रिपिटर टावरमा समस्या भएको कारण सबैसेवा अवरुद्ध भएको हुने नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जका इन्जिनियर सुशिम पोखरेलले जानकारी दिनुभयो । उहाँले क्षेत्रीय कार्यलयको टावर मर्मत छिट्टै गर्ने र यो समस्या समाधान हुने बताउनुभयो ।

