Nepali date


बुधबार, भदौ ४, २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द हुने

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द हुने भएको छ । २१ घण्टासम्म खोलेर सेवा दिइँदै आएको विमानस्थल अब ३ महिनासम्म १४ घण्टा मात्रै सञ्चालनमा रहनेछ ।

विहान ८ बजेदेखि राति १० बजेसम्म मात्रै विमानस्थल सञ्चालनमा रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम आजबाट सुरु हुने भएकाले राति १० बजेपछि विमानस्थल बन्द रहने जनाइएको छ ।

झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे गर्ने गरी काम थालिएको विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीले जानकारी दिनुभयो । चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ ।

चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन–वेको स्तरोन्नति काम सुरु गर्दैछ । विमानस्थल स्तरोन्नतीको काम सुरु भएसँगै नेपाल आउने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएका छन् ।

 

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया