शुक्रबार, बैशाख ०७, २०८१

प्रधानमन्त्री आउने भएपछि भत्काउने सडकमा सवा करोड खर्च

धरान । भत्काउनु पर्ने सडकका लागि सुनसरीको धरान उपमहानगरपालिकले १ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ । धरान विराटनगर ४९ किलोमिटर ६ लेन सडकअन्तर्गत भानु चोकबाट लक्ष्मी चोकसम्मको कोसी लोकमार्गको बजेट खन्याइएको हो ।

क्षेत्राधिकारमा नपर्ने सडकमा उपमहानगरपालिकाले बजेट अन्याउनु गलत भएको स्थानीयको गुनासो छ । सडक विभागले ६ लेनको बनाउँदै आएको सडकमा बजेट खर्च गर्नु नीतिगत भ्रष्टाचार भएको असन्तुष्ट जनप्रतिनिधिले बताएका छन् ।

विभागको कार्यक्षेत्रभित्र पर्ने लोकमार्गमा बजेट विनियोजन नगर्न आग्रह गर्दा पनि कार्यवाहक मेयर मञ्जु भण्डारीले अटेर गरेको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।