बिहिबार, बैशाख ०६, २०८१

सरकारको ‘अस्वभाविक’ मौनताले मेलम्ची अन्योल

काठमाडौ । सरकारले अस्वाभाविक मौनताले मेलम्ची खानेपानी आयोजना अनिर्णयको बन्दीमा फसेको छ । मेलम्चीको ठेकेदार कम्पनीले साइट छाडेर हिँडेको साढे तीन महिना भए पनि सरकारले उचित निर्णय गर्न नसक्दा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको छ ।

राष्ट्रिय गौरवको आयोजना तीनतीन महिनादेखि ठप्प हुँदा पनि सरकार अस्वाभाविक रुपले मौन हुँदा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको हो । तीस वर्षदेखि उपत्यकाबासीको मेलम्ची सपना अझै ‘मृगतृष्णा’ जस्तै बनेको छ ।

मेलम्ची खानेपानी बोर्डले इटालियन ठेकेदार कम्पनीसँग गत माघ २४ गते एकतर्फी ढंगले ठेक्का तोडेको थियो  । नागरिक दैनिकमा खबर छ।