Nepali date


बुधबार, भदौ ४, २०७६

प्रश्नपत्रबाहिर ल्याउने पत्ता लाग्ने सिआइबीको दाबी

सप्तरी। प्रदेश प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एसइईको प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने दाबी गरेको छ ।

यहाँ रहेको अनुसन्धान टोलीले सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइलबाट प्रश्नपत्र आदानप्रदान गर्ने कार्यमा संलग्नहरुसँग सोधपुछ गरिरहेको जनाउँदै दुई÷तीन दिनमै पत्ता लाग्ने दाबी गरेको छ । अनुसन्धानमा खटिनुभएका प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले भन्नुभयोे, “तीव्रताका साथ अनुसन्धान भइरहेको छ, प्रश्नपत्रबाहिर ल्याउने कार्यमा संलग्नहरुको अनुसन्धान गर्दै जाँदा २०औँ÷२५औँ लेयरसम्म पनि पुग्नुपर्ने हुन्छ तर जति लेयर भए पनि पत्ता भने लाग्छ ।”

आइटी विशेषज्ञसहित सप्तरी आएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्का र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टसहितको २० जनाको टोलीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानलाई तीव्र बनाएको टोलीले सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइलमा प्रश्न आदानप्रदान गर्ने सप्तरीका शिक्षक, पत्रकार, विद्यार्थी र अभिभावकहरुसँग सोधपुछ गरी अन्तिम प्रयोगकर्तासम्म पुग्ने प्रयास गरिरहेको छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा शुक्रबारदेखिका परीक्षा स्थगन गर्दा प्रदेश नं २ का ७० हजार ५६८ परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया