Nepali date


मङ्लबार, असार ३, २०७६

अफगानिस्तानका उपराष्ट्रपति दोस्तममाथि तालिवानको आक्रमण

काबुल । अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तम माथि बल्ख प्रान्तमा तालिवानले आक्रमण गरेको छ ।

आक्रमणबाट उपराष्ट्रपति दोस्तम बाच्न सफल भएपनि एक अंगरक्षकको भने मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यस्तै घटनामा दुईजना अंगरक्षक घाइते भएका छन् । यो उपराष्ट्रपति दोस्तममाथि भएको दोश्रो आक्रमण हो ।

यसअघि गत जुलाईमा काबुल विमानस्थलमा आत्मघाती बिस्फोटमा दोस्तम बाच्न सफल हुनुभएको थियो । दोस्तममाथि आफ्नो प्रतिस्पर्धी नेताहरुको अपहरण, बलात्कार जस्ता अपराधमा संलग्न रहेको आरोप लाग्ने गरेको छ ।

 

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया