बिहिबार, बैशाख १३, २०८१

वडाबाटै निःशुल्क स्वास्थ्य उपचार: मन्त्री यादव

बाँके । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारले स्थानीय तहका वडा वडाबाट निःशुल्क प्राथामिक स्वास्थ्य उपचारको पहूँच बढाउने बताउनुभएको छ ।

नेपालगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले चालु बर्षमा देशभरका स्थानीय तहमा १२ सय अस्पताल बन्न लागेको जानकारी दिनुभयो ।

वडा वडामा निःशुल्क स्वास्थ्य सेवा, प्रत्येक गाउँपालिका÷नगरपालिकामा १५ शैयाको अस्पतालका लागि १२ सय वटा अस्पताल बन्न लागेको उहाँले बताउनुभयो । बाँकी आगामी वर्षमा निर्माण गरि सबै स्थानीय तहका वडामा स्वास्थ्य चौकी र स्थानीय तहमा १५ शैयाको अस्पताल बन्ने दावी गर्नुभयो ।

यस्तै मन्त्री यादवले संविधानमै स्वास्थ्यलाई मौलिक हकका रुपमा राखिएकोले अब स्वास्थ्य सेवा निःशुल्क पाउन सबै नागरिकको अधिकार भएको बताउनुभयो । सरकारले अहिले पहिला अस्पताल निर्माण त्यसपछि डाक्टर नियुक्ति र त्यसपछि औषधीको व्यवस्थापन गरिरहेको यादवले बताउनुभयो ।

मन्त्री यादवले राजधानीपछि पहिलो ५ सय शैयाको अस्पताल नेपालगन्जको भेरीअञ्चल अस्पतालमा बन्न लागेको जानकारी दिनुभयो । अस्पताल निर्माणको ठेक्का तयारीमा रहेको पनि बताउनुभयो ।