शुक्रबार, बैशाख ०७, २०८१

सरकारले एक वर्षमा एउटा पनि राम्रो काम गर्न सकेन : सभापति देउवा

गुल्मी । नेपाली काँग्रेसका सभापति नेता शेरबहादुर देउवाले हालको सरकारले एक बर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको बताउनुभएको छ ।

ओली सरकार बनेको एक बर्ष बित्दा सरकारले एउटा पनि काम गर्न नसेको उहाँले बताउनुभएको हो । गुल्मीको तम्घासमा नेपाली काँग्रेसले आयोजना गरेको एकता सम्मेलन कार्यक्रममा बोल्दै उहाँले हालको सरकार गठन भएपछि देशमा हत्या हिंसाका घटना अत्याधिक बढेको बताउनुभएको हो ।

“यो सरकारले हपराधीहरु लुकाउने काम गरेको छ” देउवाले भन्नुभयो, “बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने हत्यारालाई सरकारले लुकाउने काम गरेको छ ।”सरकारले जनतालाई जताततै कर लगाएर बोझ थपेको, प्रेसमाथी नियन्त्रण गर्ने ऐन ल्याएर अधिनायकबादी शासन सुरु गरेको आरोप लगाउनुभयो ।

सरकारले सेनालाई परिचालन, चिकित्सा क्षेत्रमा मनपरी, भ्रष्टाचार बढेको तर विकास र समृद्धिको नारा अनुसार कुनैपनि काम नगरेको बताउनुभयो ।