मङ्गलबार, चैत ०६, २०८०

ओमसतियामा सुरु गरिएको छोरीको जीवन बीमा कार्यक्रम प्रभावकारी बन्दै

रुपन्देही  । रुपन्देहिको ओमसतिया गाउँपालिकाले छोरा र छोरीविचको विभेद अन्त्य गर्न भन्दै सुरु गरेको जीवन बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

गर्भ जाँचबाट लि¨ पहिचान गरी छोरा भए राख्ने र छोरी भए भु्रण हत्या गर्ने चलनलाई निरुत्साहित गर्न गाउँपालिकाले यो कार्यक्रम सुरु गरेको हो । यस कार्यक्रम अन्तरगत छोरीहरुको जन्मदर्ता बनाउने बित्तिकै गाउँपालिकाले २० हजार रकम बैंकमा जम्मा गरिदिने गरेको छ ।

अभियान पछि गाउँपालिकाका बासिन्दा छोरी जन्मिएपछि पनि खुसी हुन थालेका छन् । स्थानीयले छोरी जन्मिएपछि बीमा गर्ने गरेका छन् । बीमा कार्यक्रमका कारण छोरीहरुलार्ई हुने विभेदमा कमि आउने स्थानीय बताउँछन् ।

भ्रुण हत्या गर्ने परिपाटी अन्त्य गर्र्ने उद्देश्यले गाउँपालिकाले १ वर्ष यताबाट यो अभियान चलाइरहेको छ । यो अभियानले छोरीको शिक्षामा पनि सकरात्मक प्रभाव पार्ने ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवटले बताउनुभयो ।